• ट्रेण्डिङ्ग :
कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट वर्खास्त गर्ने चेतावनी

कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट वर्खास्त गर्ने चेतावनी


  • 9.8K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट वर्खास्त गर्ने चेतावनी

    काठमाडौं, १० फागुन। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट वर्खास्त गर्ने चेतावनी दिएको छ।

    images

    केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ। सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ।

    यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की,  आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक,  अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन्।

    police notice.png


     


    तेस्रो आँखा