आन्तरिक पर्यटन प्रवर्द्धनका लागी  पोखराका व्यवसायी देश दौडाहामा 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागी  पोखराका व्यवसायी देश दौडाहामा 


  • 11.5K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.8K Views

    आन्तरिक पर्यटन प्रवर्द्धनका लागी  पोखराका व्यवसायी देश दौडाहामा 

    बुटवल,१० फागुन । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पोखराका पर्यटन व्यवसायी देश दौडाहामा निस्केका छन् । यसैक्रममा उनीहरु सोमबार बुटवल आइपुगेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले कोरोनाले थलापारेको पर्यटन क्षेत्रलाई अन्तरिक पर्यटनले उकास्ने गरी ‘जाउँ है पोखरा’ अभियान लिएर निम्तो बाँड्दै विभिन्न शहरमा निस्किएका हुन् ।

    images

    सोमवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले बुटवलबाट शुरू भएको अभियान चितवन, हेटौडा, वीरगंजलगायतका शहरमा पनि सञ्चालन हुने जानकारी दिए । पर्यटकीय नगरी पोखरामा अन्तरिक पर्यटनको टेवा ५० प्रतिशत रहेको छ ।

    पोखरामा भएका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि यो अभियानले महत्त्वपूर्ण सहयोग गर्ने दाबी गरे । नेपालका अधिकांश मुख्य शहरहरूसँग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरूलाई आवतजावतमा सहज हुने बताए ।

    पछिल्लो समय बन्जी, प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ, केबलकारलगायत साहसिक खेलहरूका कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नववर्ष महोत्सव यस वर्ष पनि आयोजना हुने उनले बताए ।  होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोरोना महामारीलगायत कठिन परिस्थितिका बाबजुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइएको बताए ।

    नेचर, कल्चर र एडभेन्चरका बारेमा जानकारी दिने काम दुई दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । उनले आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै पोखरामा अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको व्यवस्था गरिरहेको उनले बताए ।

    पर्यटक आदानप्रदान गर्ने रूपमा अभियान सञ्चालन भएको उनको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रालयका सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको जानकारी दिए ।  समुदायका मानिसहरूलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने अपेक्षा गरिएकाे छ । 

  • सम्बन्धित विषय:

  • # पाेखरा पर्यटन

  • कल्पना डुम्रे
    लेखकबाट थप