• ट्रेण्डिङ्ग :
प्रहरी ऐनको मस्यौदा गृहबाट पारित  : गृहमन्त्री लेखक

प्रहरी ऐनको मस्यौदा गृहबाट पारित  : गृहमन्त्री लेखक


  • 4.4K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    प्रहरी ऐनको मस्यौदा गृहबाट पारित  : गृहमन्त्री लेखक

    काठमाडौँ, १४ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भन्नुभयो, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ ।’ 

    images

    केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उहाले बताउनुभएको छ ।  उहाले भन्नुभयो, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ ।’ 

    निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताउनुभयो । उहाले भन्नुभयो, ‘सशस्त्र प्रहरी र अध्यागमन विधेयक तयारीको चरणमा छ ।’ 

    प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी निर्देशिका स्वीकृत गरेर क्याबिनेट पठाएको उहाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘समय सापेक्ष कानुन निर्माण गर्ने र सम्बन्धित संस्थालाई कानूनद्वारा नै सञ्चालन गर्ने मेरो लक्ष्य हो ।’


    तेस्रो आँखा