• ट्रेण्डिङ्ग :
तुलसीपुर १९ मा तीज मिलन कार्यक्रम

तुलसीपुर १९ मा तीज मिलन कार्यक्रम


  • 5.9K
    SHARES
    • भाद्र १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 9.1K Views

    तुलसीपुर १९ मा तीज मिलन कार्यक्रम

    बिजौरी, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर वडा नं १९ को आयोजनामा भएको कार्यक्रम वडा १९ की सदस्य तारा वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको हो । 

    images
    IMG_6347-min.JPG

    कार्यक्रममा बोल्दै उपमेयर चौधरीले आफ्नो दक्ष अनुसारको संस्कृति जोगाउने गरी तीज मनाउन आग्रह गर्नुभयो । तीज पर्वलाई देखासिकी तथा भड्किलो गरी मनाउनाले विकृति फैलिएको उहाँले बताउनु भयो । उक्त अवसरमा छोराछोरीलाई सफल बनाउन उचित शिक्षा दिनुपर्ने बताउनु भयो । बालवालिकालाई शिक्षा दिन सकियो भने सफल हुन्छ, त्यो सफलताले बुवाआमालाई सघाउने गर्दछ त्यसैले शिक्षा भन्दा ठूलो केही छैन । उहाँले भन्नुभयो । 

    IMG_6358-min.JPG

    तुलसीपुर वडा नं. १९ का अध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडाकी सदस्य रेवती विकले स्वागत मन्तव्य राख्नु भएको थियो । 

    कार्यक्रमको सञ्चालन तुलसीपुर वडा १९ का सदस्य राम बहादुर पौडेलले गर्नु भएको थियो । 

    IMG_6394-min.JPG


    तेस्रो आँखा