रोल्पामा चट्याङ लागेर एकै घरका ३ घाइते

रोल्पामा चट्याङ लागेर एकै घरका ३ घाइते


  • 6.5K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 10.0K Views

    रोल्पामा चट्याङ लागेर एकै घरका ३ घाइते

    रोल्पा, १६ भदौ । रोल्पामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । घाइते एकै घरका ३ जना रहेका छन् ।

    images

    जिल्लाको माडी गाउँपालिका  १ चौरका नबिराम घर्तीमगरको घरमा चट्याङ पर्दा तीन जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

    उक्त घटनामा परी घाइते हुनेहरुमा सोही ठेगानाका ५२ वर्षकी हरिकला घर्तीमगर, २४ वर्षकी सपना घर्तीमगर र  ५ वर्षकी श्रीया घर्तीमगर घाइते भएको बताइएको छ । 

    घाइतेहरुमा हरिकला घर्तीमगरको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेको साथै उनीहरुको उपचार पश्चात् डिस्चार्ज गरिएको रोल्पा प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो। 

    घाइतेको स्मृति हस्पिटल घर्तिगाउँमा उपचार भईरहेको प्रहरीले बताएको छ । घटना शनिबार साँझ ५ बजेको समयमा घटेको थियो।
     
    चट्याङ लागेर सोही स्थान बस्ने अभाष खड्काको एउटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप