प्रेस युनियन दाङको महिला विभागले आयोजना गरेको तीज मिलन कार्यक्रम

प्रेस युनियन दाङको महिला विभागले आयोजना गरेको तीज मिलन कार्यक्रम


  • 4.3K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.6K Views

    प्रेस युनियन दाङको महिला विभागले आयोजना गरेको तीज मिलन कार्यक्रम

    तुलसीपुर १६ भदौ । नेपाल प्रेस युनियन दाङ शाखाको महिला विभागले आयोजना गरेको तीज मिलन २०८१ आइतबार तुलसीपुरमा सम्पन्न भएको छ । सिद्धार्थ बैंक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा तीज मिलन कार्यक्रमसँगै संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका तथा वित्तीय साक्षरता पनि भएको थियो । 

    images

    महिला विभागका संयोजक उमा भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीको प्रमुख आतिथ्यता एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डाँगीले तीज पर्व महिला दिदी बहिनीहरुले दर्दलाई खुशीमा परिणत गर्ने पर्व रहेको बताउनुभयो । कुनै पनि संस्कार विनाको जिन्दगी नहुँने बताउँदै तीजसहित हिन्दुहरुले मनाउने हरेक पर्वले समाजलाई सुसूचित बनाउने काम गरेको बताउनुभयो । साथै उहाँले समाजको राम्रो पक्षलाई उजागर गर्दै जाने हो भने, सबै कुरा सकारात्मक हुने पनि बताउनुभयो । हामीले हाम्रो परिवार, समाजलाई कसरी राम्रो बनाउनु पर्छ भनेर लाग्नु पर्ने बताउनुभयो ।  

    IMG_6454-min.JPG

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले महिलाहरुले पुरुषलाई बेवास्ता गरेर कुनै काम नगरेको बताउनुभयो । पछिल्लो समय तीज भड्किलो भयो भन्ने कुरा आइरहेको प्रति उहाँले दुखेसो पोख्नुभयो । हामीले तीज पर्वलाई भड्किलो गरी मनाएका छैनौ, उहाँले भन्नुभयो हामीले मर्यादा र अनुशासनमा रहेर चार्डपर्व मनाएका छौ, जुन पुरुषहरु महिलाहरुको कार्यक्रममा गएर रमाउनुहुन्छ, उहाँले नै फेरी तीज पर्वमा विकृति मौलायो भन्नुहुन्छ । 

    कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, प्रजातान्त्रिक उधोग वाणिज्य संघका अध्यक्ष जनक खराल, चेम्बर अफ कमर्शका अध्यक्ष ऋषीराज भण्डारीलगायतले संस्कृति संरक्षको पक्षमा पत्रकारहरुलाई कलम चलाउँदै आग्रह गर्दै विकृतिलाई प्राथमिकता दिन नहुने बताउनु भएको थियो । संस्कृति संरक्षण गर्दा अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने बताउनु भएको थियो ।   

    IMG_6446-min.JPG


     
    कार्यक्रममा अधिकारकर्मी शुसिल बस्नेतले तीज पर्व महिला पुरुषले मात्रै नभएर तेस्रो लिङ्गीलाई पनि सहभागी गराउनु पर्ने बताउनुभयो । अधिकारकर्मी शुष्मा गिरीले सबै वर्ग समुदायले मनाउन सक्ने समान तीज बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी देवा डाँगी, रासस दाङ प्रमुख नारायणी रजौरे अक्षयकोषदाता तथा अधिकारकर्मी यमुना शाह, नेपाली कांग्रेसकी नेतृ देवका नेपाली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शान्ता पाण्डे, पवित्रा धिताल, पत्रकार शरद रेग्मी, प्रेम राम्जा, हेमन्त प्रकाश वलीलगायतले तीज पर्व मौलिक तरिकाले मनाउनु पर्ने बताउनु भएको थियो ।  

    IMG_6448-min.JPG

    उक्त कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुरका शाखा प्रवन्धक किरण आचार्यले बैंक, वित्तिय संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले बैंकबाट छिटो सहज तरिकाले सेवा कसरी लिने, डिजिटल सेवा, बैंकबाट ऋण लिंदा बुझ्नु पर्ने कुरालगायतका विषयमा जानकारी दिनु भएको थियो । 

    नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन शुशिला वलीले गर्नु भएको थियो भने सहजीकरण जयन्ती चौधरीले गर्नु भएको थियो । 


    तेस्रो आँखा