दंगीशरण ६ र ७ मा तीजमिलन तथा अट्वारी विशेष साँस्कृतिक कार्यक्रम

दंगीशरण ६ र ७ मा तीजमिलन तथा अट्वारी विशेष साँस्कृतिक कार्यक्रम


  • 4.0K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    दंगीशरण ६ र ७ मा तीजमिलन तथा अट्वारी विशेष साँस्कृतिक कार्यक्रम

    दंगीशरण १७ भदौ/ दंगीशरण गाउँपालिका वडा नं. ७ सिम्ठानामा तीज मिलन तथा अट्वारी विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । धारापानी आमा समुह दंगीशरण ७ को आयोजना  तथा दंगीशरण ७ न वडा कार्यालयको समन्वय र दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सँपन्न भएको हो ।

    images

    वडा न ७ का वडाध्यक्ष रेशम वलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एव. गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काकोको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै वडा न ६ मा पनि तीज मिलन तथा अट्वारी विशेष कार्यक्रम श्रीगाउमा सम्पन्न भएको छ ।वडा न ६ की कार्यवाहक अध्यक्ष उर्मिला परीयारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा तीज मिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले सस्कार र संस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव, तीजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । हरेक जातजातीको माग अनुसारका कार्यक्रमहरु अगाडि सारेको उहाँले बताउनुभयो । हरेक जातजातिहरुलाई सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाई सँगसंगै लगेको समेत उहाँले बताउनुभयो ।

    यस्तै कार्यक्रमकी विशिष्ट गाउँपालिका उपाध्यक्ष खड्काले तीजको नाममा हुने बिकृती बिसङ्गतीको अन्त्यगर्नु पर्ने बताउनुभयो । अर्को प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले हरेक चाडपर्व मनाउदा देखासिकी भन्दापनि आफ्नो दक्षता अनुसार मनाउन आग्रह गर्नुभयो ।


    तेस्रो आँखा