रोल्पामा मोटरसाईकल दुर्घटना : २ घाइते, १ को अवस्था गम्भीर

रोल्पामा मोटरसाईकल दुर्घटना : २ घाइते, १ को अवस्था गम्भीर


  • 5.4K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.4K Views

    रोल्पामा मोटरसाईकल दुर्घटना : २ घाइते, १ को अवस्था गम्भीर

    रोल्पा, १७ भदौ । रोल्पामा मोटरसाईकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको माडी गाउँपालिका–५ तल्लो सरुवा भन्ने स्थानमा मोटरसाईकल दुर्घटना भएको बताइएको छ । 

    images

    घर्तिगाउँ–भाबाङ भित्रि सडक खण्डमा पर्ने उक्त सडकमा रा ५ प ४८०० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको रोल्पा प्रहरीले जनाएको छ । 

    रोल्पा प्रहरीकाअनुसार घटना दिउँसो साढे १ बजेको समयमा भएको  थियो । मोटरसाईकल सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परि घाइते हुनेहरुमा मोटरसाईकल चालक माडी गाँउपालिका ५ का ४२ बर्षीय वीर बहादुर घर्तीमगर र सोही ठाँउकी ३२ वर्षीय सबिना घर्तीमगर रहेका प्रहरी कार्यालय रोल्पाका प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो । घाइते सविनाको अवस्था गम्भिर रेहेको र थप उपचारका लागि भैरहवा रेफर गरिएको उहाँले बताउनु भयो ।


    भरत विश्वकर्मा
    लेखकबाट थप