एनआरएनए सेसेल्सको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

एनआरएनए सेसेल्सको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न


  • 5.1K
    SHARES
    • भाद्र १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.9K Views

    एनआरएनए सेसेल्सको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

    काठमाडौं १८ भदौ ।  एनआरएनए सेसेल्सको आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम सम्पन्न भएको छ ।

    images

    हरेक वर्ष झैं यो वर्ष पनि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सले नेपाली नारीहरुको महान सांस्कृतिक पर्व हरितालि तीजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सेसेल्सको राजधानी भिक्टोरिया माहेमा सम्पन्न गरेको भएको हो 
    एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको अध्यक्षता तथा सेसेल्स सरकारकी स्थानीय सरकार तथा मामिला मन्त्री रोज मेरी वाओको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि मन्त्री रोज मेरी वाओले तीजको शुभकामना दिँदै नेपालीहरु श्रमिकको रुपमा सेसेल्समा भित्रिएर पनि राष्ट्रिय स्तरमा जुन सहकार्य र समन्वयका साथ विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुँदै बचेको समयलाई पनि यसरी सदुपयोग गर्न सकेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँले नेपाली महिलाहरु हरेक क्षेत्रमा अब्बल रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा झण्डै ३०० जना बढी नेपालीहरुको सहभागिता थियो ।  

    8325bafb-632f-46b5-9f7a-c7a26fd07507.jfif

    त्यस्तै सेसेल्सको दोस्रो ठूलो टापू प्रास्लिनमा पनि तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रास्लिन, लादिग लगायत अन्य टापुहरुमा कार्यरत महिलाहरुलाई समेट्ने गरी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १५० जना बढीको सहभागिता थियो ।


           


    तेस्रो आँखा