पुर्खाहरुले मनाएअनुसार अट्वारी पर्व मनाउन सुझाव

पुर्खाहरुले मनाएअनुसार अट्वारी पर्व मनाउन सुझाव


  • 6.8K
    SHARES
    • भाद्र २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 10.5K Views

    पुर्खाहरुले मनाएअनुसार अट्वारी पर्व मनाउन सुझाव

    तुलसीपुर, २१ भदौ । तुलसीपुरमा थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा अट्वारी टिह्वार २०८१ सम्पन्न भएको छ । थारु कल्याणकारीणी सभा तदर्र्थ समिति क्षेत्र नं. ३ दाङको आयोजना तथा नमुना भुइह्याँर थान जवरपुरको सहआयोजनामा अट्वारी पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भएको हो । 

    images

    थारु कल्याणकारीणी सभा तदर्थ समिति क्षेत्र नं. ३ का अध्यक्ष मोहन चौधरीको अध्यक्षता तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले कार्यक्रमको विषयवस्तुबारे जानकारी दिंदै थारु समुदायले मनाउने चाडपर्व र संस्कृतिलाई संरक्षण गर्नको लागि थारु समुदाय एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले भेगीयअनुसार चाडवाडको तिथि, मितिमा केही भिन्नता बताउँदै पुर्खादेखि चलिआएको चाडपर्वमा छलफलका माध्यमबाट  एकरुपता ल्याउनु पर्ने बताउनु भयो । 

    IMG_6729-min.JPG

    थारु कल्याणकारीणी सभा तदर्थ समिति क्षेत्र नं. ३ का सचिव जितेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा साहित्यकार छविलाल कोपिलाले अट्वारीको महत्व, अट्वारी कहिले मनाउने, अट्वारीका प्रकार आदिबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. कृष्णराज सर्वहारीले उक्त कार्यपत्र माथि टिप्पणी गर्नुभएको थियो ।  

    उक्त अवसरमा शरमलाल चौधरी, तिर्थ चौधरी, टीकाराम चौधरी, लब्ली चौधरीलगायतकाले अट्वारी पर्वमा देखिएको भिन्नता, भ्रम र यथार्थ के हो ? भन्ने विषयमा अरुको विचार भन्दा पनि थारु समुदायका पुर्खाहरुले जसरी मनाउँदै आइरहनु भएको छ त्यसरी नै अट्वारी पर्व मनाउन सुझाव दिनुभएको थियो ।  

    IMG_6755-min.JPG

    त्यस्तै कार्यक्रममा महटावा महासंघ दाङ अध्यक्ष तथा थारु बुद्धिजीवी चन्द्र प्रसाद चौधरी, नमुना भूइँह्यार थानका अध्यक्ष तथा अधिवक्ता रामशरण चौधरी, थारु कल्याणकारीणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरी, जर्मन चौधरी, बुझौना थारुलगायतले बोल्नु भएको थियो । 

    कार्यक्रमको सहजीकरण इन्द्र चौधरीले गर्नुभएको थियो ।


    तेस्रो आँखा