• ट्रेण्डिङ्ग :
ऋषि पञ्चमीकाे महत्त्व

ऋषि पञ्चमीकाे महत्त्व


  • 3.3K
    SHARES
    • भाद्र २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    ऋषि पञ्चमीकाे महत्त्व

    भाद्र शुक्ल पञ्चमी तिथिमा व्रत बसी सप्तऋषिको पूजा गरिने भएकाले यस पर्वलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन विहान शरीर शुद्धिका लागि ३६५ वटा अपामार्ग (दतिवन) गरेर ३६५ पटक नै माटोले हात धुने, तुलसीको माटोले शरीर लेपन गरी (कम्मरदेखि माथि), ३६५ वटा प्वाल भएको चाल्नोबाट जल प्रवाह गर्दै शीरबाट खन्याइ नुहाउने गरिन्छ । नदी किनारमा नुहाइसकेपछि बसेर एकछिन धार्मिक भजनमा नाच्ने गरिन्छ । 

    images

    नदीमा स्नान गरेर रातो साडी, चुरा, पोते, डोरी, पवित्र वस्त्र धारण गरी हात हातमा कलस समातेर सूूर्य र ऋषिहरुलाई अघ्र्या दिएर घर फर्किइ सामुहिक रुपमा पूजा गर्दै मनाइने यो पर्वको आफ्नै महत्त्व रहेको छ । यस पर्वमा कश्यप अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्टसमेत सात ऋषि र अरुन्धति पूजा गरिने ऋषिहरु हुन् । ऋषि पञ्चमीमा यिनदै सप्तऋषिलाई थालीमा राखी कुशको प्रतिमा बनाएर पूजा गरिन्छ । 

    विद्या र ज्ञानको क्षेत्रमा उत्कृष्ट बुद्धि भएकाहरुलाई नै ऋषि भनिन्छ । ऋषिहरुले नै विभिन्न धार्मिक ग्रन्थ रचेर धर्मको गज खनेको कुरा हामी इतिहासमा पाउछौं । भविष्य द्रढ्टा, ज्ञानद्रढटा, मन्त्र द्रढटा, त्रिकालावेत्रा एवं संसारको गतिलाई बुझ्ने, सत्मार्गमा डनेर्याउँने, लोककल्याण गर्ने, संसारलाई युगौंयुगसम्म बाटो देखाउँने, शास्त्रको सर्जकलाई हामील ऋषी भन्दछौ । ऋषीहरुको तपोबलले ब्रम्हरुप मन्त्रहरु प्राप्त भएकोले आदिकालदेखि ऋषिहरुको पूजा गर्ने प्रचलन रहेको छ । यस पर्वमा देशका विभिन्न स्थानमा संयुक्त रुपले हिन्दु नारिहरुले सप्त ऋषिको पूजा गरिसकेपछि नदिमा गई फूलपाती सेलाएर घर आई हलोले नजोतेर फलाएको वस्तु, दही, केरा, फलफुल खाई नाचगान भजन किर्तन गर्दै व्रत समापन गर्दछन् । 

    महिलाहरु रजश्वला अर्थात परसरेपछि छोएको पापबाट मुक्त भै देवलोकमा बास पाइने र नर्कमा जानु नपर्ने धार्मिक आस्था बोकेको यो पर्वले नेपाली समाजमा विकृति तर्फ नजान सन्देश दिएको छ । यस पर्वले मैत्रीपूर्ण समाजको निर्माण गरी सबै महिलाहरुलाई अपनत्वमा गाँसेको देखिन्छ । दिनभर वैत गरी बेलुका फलाहार गरेपछि रात्रिमा धार्मिक भजन, किर्तन गरी उल्लासपूर्ण तरिकाले मनाइने यो पर्व नेपालका सबै जिल्ला र छिमेकी देश भारतमा समेत मनाईन्छ । यस्तो दिव्य सन्देश बोकेको नेपाली चाडपर्वले भाइचाराको, दिदीबहिनीहरुको सम्बन्ध स्थापित गरी समाजमा मेलमिलाप र अपनत्वको विकास गर्ने भएकोले हामी सबैले हाम्रा मौलिक चाडपर्वको संरक्षण गर्दै जानु आजको आवश्यकता हो । 


    भवानी न्यौपाने (भावना)
    लेखकबाट थप