एघार दिनदेखि उठेन फोहोर, दुर्गन्धित बन्दै काठमाडौं

एघार दिनदेखि उठेन फोहोर, दुर्गन्धित बन्दै काठमाडौं


  • 13.6K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 21.0K Views

    एघार दिनदेखि उठेन फोहोर, दुर्गन्धित बन्दै काठमाडौं

    काठमाडौं, ११ फागुन। काठमाडौं उपत्यकाको फोहोर ११ दिनदेखि उठ्न सकेकाे छैन। फोहोर उठ्न नसकेको कारणले काठमाडौं महानगर दुर्गन्धित बनेको छ। फागुन एक गतेदेखि  काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन।

    images

    उपत्यकाको फाेहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ। तर स्थानीयले मडखु–तीनपिप्ले सडकखण्ड कालोपत्र गर्न माग गर्दै फागनु एक गते देखि सडकअवरुद्ध गरेपछि महानगरले उपत्यकाको फोहोर उठाउन नसकेको हो।

    काठमाडौं महानगरको सफा र सुन्दर महानगर भन्ने नारालाई नै यसले गिज्याइरहेको छ। यसरी काठमाडौंको फोहोर उठ्न नसकेपछि काठमाडौं नै दुर्गन्धित बनेको छ। त्यस्तै लामो समयसम्म फोहोर नउठेकाले विशेषगरी आम नागरिकलाई समस्या भएको छ भने यस बाट रोग फैलन सक्ने पनि डर भएको आम नागरिक गुनासो पोख्छन्।

    274064331_3039102659677032_1162815946925126005_n.jpg

    उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर व्यवस्थापन सिसडोलमा गरिँदै आएको छ। निजी र महानगरपालिका गरी दैनिक दुई सय भन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका दुई को फोहोर सिसडोल लैजाने गर्छन्। दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टन भन्दा बढी फोहोर फालिरहेका छन्।

    273989858_661765488201910_8782496796643274292_n.jpg

    तीन वर्षमै निमार्ण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्ष सम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएको। उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निणर्य गरेको थियो।

    शनिबार काठमाडौं महानगरपालिकाले सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न आग्रह गरेको थियो। 


    पदम भुजेल
    लेखकबाट थप