काठमाडौं, ११ फागुन। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिकाले मेडिकल चेकअप गरेकी छन्।
गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन्। त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन्।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिएकी अधिकारीले त्यहास्थित प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो। सोही सुझाव अनुरुप अधिकारीले आज तनहुँ प्रहरीमा उजुरी दिएकी छन् ।
