• ट्रेण्डिङ्ग :
दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे


  • 2.4K
    SHARES
    • भाद्र २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.7K Views

    दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

    कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

    महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा