• ट्रेण्डिङ्ग :
जिप दुर्घटनामा ज्यान गुमाएकी उपाध्यक्ष भुपेन्द्राको पशुपति आर्यघाटमा अन्त्येष्टि

जिप दुर्घटनामा ज्यान गुमाएकी उपाध्यक्ष भुपेन्द्राको पशुपति आर्यघाटमा अन्त्येष्टि


  • 4.1K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.3K Views

    जिप दुर्घटनामा ज्यान गुमाएकी उपाध्यक्ष भुपेन्द्राको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौं, १ असोज । जिप दुर्घटनामा ज्यान गुमाएकी रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    images

    उपाध्यक्ष भुपेन्द्रालाई (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाले उपाध्यक्ष भुपेन्द्रालाई पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो  ।

    उपाध्यक्ष भुपेन्द्रासंगै उनकी आमाको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    भदौ २८ गते बागलुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष बुढाको निधन भएको थियो ।

    उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको पनि निधन भएको थियो ।


    तेस्रो आँखा