• ट्रेण्डिङ्ग :
राप्ती प्रादेशिक अस्पतालको बार्षिक समीक्षा : ९२ हजार बढीले सेवा लिए

राप्ती प्रादेशिक अस्पतालको बार्षिक समीक्षा : ९२ हजार बढीले सेवा लिए


  • 4.0K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    राप्ती प्रादेशिक अस्पतालको बार्षिक समीक्षा : ९२ हजार बढीले सेवा लिए

    तुलसीपुर, १ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा आर्थिक वर्ष २०८०/०८१ मा ९२ हजार बढीले सेवा लिएका छन् । मंगलबार वेष्टर्न पाटी प्यालेसमा अस्पतालको वार्षिक कार्यविवरण प्रस्तुत गर्दै राप्ती प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले एक वर्षमा अस्पतालबाट ९२ हजार बढीले स्वास्थ्य सेवा लिएको जानकारी गराउनु भयो । उहाँकाअनुसार अस्पतालबाट सेवा लिएका विरामीहरु मध्ये ८१ प्रतिशत विरामीहरु निको भएका छन् ।

    images

    त्यसैगरी चौधरीले अस्पतालको जग्गा प्रशस्त रहेता पनि पर्याप्त भौतिक पूर्वाधार बन्न नसकेको बताउनु भयो । अस्पतालमा अहिले जम्मा १४० वेड सञ्चालनमा रहेका छन्  । एक वर्षमा अस्पताल विकास समिति मार्फत ९४ प्रतिशत बजेट खर्च भएको चौधरीले जानकारी दिनुभयो । त्यस्तैगरी अस्पतालमा प्रयोगशालामा कल्चर विस्तार, जिन्सी सामानको लिलाम, जिन्सी भण्डार भवन र सार्वजनिक शौचालय निर्माण भएका छन् । त्यस्तैगरी उहाँले अस्पताललाई फिजियोथेरापी चलाउने इन्जिनियर आवश्यक रहेको बताउनुभयो । उहाँकाअनुसार अस्पतालमा आइसियु स्थापना गर्नेलगायतका ८ वटा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    pp2.jpg

    राप्ती प्रादेशिक अस्पताल समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

    कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बार्षिक रुपमा भएका विवरण सन्तोषजनक भएको बताउनुभयो । तुलसीपुरमा आइसियु नहुदा अर्को अस्पतालमा रिफर गर्दा त्यहा नपुग्दै बिरामीको ज्यान सक्ने समस्या रहेको छ उहाँले भन्नुभयो । त्यस्तै डाक्टरहरुले कम्तिमा २ बजेसम्म बिरामी जाँच गर्दा धेरैजसो बिरामीले पूर्ण सेवा पाउने बताउनु भयो । बिरामीलाई एक पटक जाँच गरेर त्यसको रिपोर्ट आउँदासम्म डाक्टरहरु अस्पतालमा नभेटिने र थप उपचारको लागि आफ्नै क्लिनिकमा बोलाउने प्रवृत्ति रहेको उहाँले बताउनु भयो । त्यस्तैगरी बिमा सेवामा देखिएका समस्या र चुनौतिलाई अस्पताल, जनप्रतिनिधि, संघसंस्थाहरुले सहयोग गर्नुपर्नै बताउनु भयो । 

    tikaram.jpg

    राप्ती प्रादेशिक अस्पतालका प्रमुख डा. पद्मराज अधिकारीले अस्पतालका सकारात्मक कुरालाई बाहिर ल्याउने र नकारात्मक कुराहरुलाई अस्पतालको प्रशासन, अस्पताल विकास समिति र सम्बन्धित सरोकारवालाले छलफल गरी सुधार गर्नुपर्ने बताउनु भयो । राप्ती प्रादेशिक अस्पतालले २ सय वेड उपलब्ध गराए पनि ५० जना कर्मचारीको दरबन्दीले अस्पताल सञ्चालन गरेका छौ । उहाँले भन्नुभयो २ सय वेड भएको अस्पतालमा न्युनतम ५ सय जना कर्मचारी आबश्यक पर्छ जसको लागि उपमहानगर, उद्योग बाणिज्य संघलगायतले सहयोग गर्नुपर्छ । 

    राप्ती प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख सबिता बस्नेतको स्वागत मन्तव्यबाट कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले विगतमा बिरामीको रिफर गर्ने अस्पताल भनी समाचारहरु आएकोमा अहिले रिफर भन्ने शब्द हराएको र अस्पतालले गुणस्तरीय सेवा प्रवाह गरेको बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, पत्रकार जितसागर जिएमलगायतले बोल्नु भएको थियो ।

    pp.jpg

     


    तेस्रो आँखा