स्थानीय तहको निर्वाचनका लागि करिव ९ अर्ब आवश्यक

स्थानीय तहको निर्वाचनका लागि करिव ९ अर्ब आवश्यक


  • 10.1K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    स्थानीय तहको निर्वाचनका लागि करिव ९ अर्ब आवश्यक

    काठमाडाैं,१२ फागुन ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग करिब ९ अर्ब रूपैयाँ बजेट माग गरेको छ । आयोगले २०७९ वैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रूपैयाँ माग गरेको हो । 

    images

    आयोगले बिहीवार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सो कुराको जानकारी दिएका हुन्  आयोगले निर्वाचनमा खटिने अनुमानित एक लाख १० हजार ७१३ जना जनशक्तिको प्रतिव्यक्ति २० लाख रूपैयाँ बराबरको बीमा गर्नका लागि फागुन ११ गते सूचना प्रकाशन गरी बीमा कम्पनीहरूसँग प्रस्ताव माग गरेको छ । 

    त्यस्तै मतदानमा संलग्न हुनेहरूका लागि मास्क, स्यानिटाइजर र प्राथमिक स्वास्थ्य सामग्री खरिदका लागि पनि बोलपत्र आह्वान गरिएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । आयोगका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या २९ पुगेको छ । पछिल्लो पटक १९ वटा राजनीतिक दलहरू दर्ता भएको आयोगले जनाएको छ । 

    पछिल्लो पटक दर्ता भएका दलहरूमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेकपा (एकीकृत समाजवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी रहेको आयोगले जानकारी दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप