शान्तिनगर, ३ असोज । शान्तिनगर गाउँपालिका वडा नं। २ सिमसुन्दरपुरमा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालय सार्वजनिक विद्यालयतर्फ देशभरमै तेस्रो हुन सफल भएको छ । २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्याङ्कनमा सार्वजनिक विद्यालय तर्फ रारष्ट्रिय स्तरमा तेस्रो हुन सफल भएको छ ।
तेस्रो हुन सफल जनकल्याण माध्यमिक विद्यालयले नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयबाट नगद एक लाख पुरस्कारसहित प्रमाणपत्र, राष्ट्रिय सिल्ड र ध्वजा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
