तुलसीपुर, ३ असोज । तुलसीपुर–६ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेका छन् ।
कक्षा १२ का विद्यार्थी प्रतिक वलीको अध्यक्षता तथा तुलसीपुर शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्य एवं ज्ञानज्योतिका संस्थापक अध्यक्ष सुरेन्द्र जिसीको विशष्टि आतिथ्यमा कार्यक्रम भएको हो ।
विद्यालयका शिक्षक शरदकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले गर्मीमा राखेको आइक्रिम पग्लिन्छ कि भनेर जति महत्व दिन्छौं त्यस्तै महत्वपूर्ण समय आफ्नो जीवनमा प्रयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । यो समाज, देश र मुलुकलाई कता लैजाने हो भन्ने कुरा विद्यार्थीको हातमा छ उहाँले भन्नुभयो । “शिक्षकले दिएको चिजलाई कसरी प्रयत्न, योजना गराउनु भएको छ याद गर्नुहोस्” उहाँले भन्नुभयो “विद्यार्थीसँग यति तागत छ कि विद्यार्थीले जे चाहन्छ, जुन दिशामा उन्मुख हुनुहुन्छ मुलुक त्यतै जानेछ ।”
उहाँले विद्यार्थीसँग भएको समयलाई खेर नफल्न आग्रह गर्नुभयो । जे आउँछ मजाले पचाउँछ होइन, जे आउँछ त्यसलाई अंगालेर अगाडि लैजानु पर्ने उहाँले बताउनु भयो । विद्यार्थी जीवनको समयलाई कत्तिपनि खेर नफलेर जे आउँछ त्यसैलाई अंगालेर भरपूर सदुपयोग गर्दै अगाडी बढ्ने हो भने जीत सुनिश्चित हुने खड्काले बताउनु भयो ।
कार्यक्रममा लोक गायक अर्जुन सापकोटाको प्रस्तुती रहेको थियो । साथै विद्यालयका अन्य विद्यार्थीहरुको पनि नृत्य, गीत प्रस्तुत गरेको थिए । उक्त कार्यक्रमको सञ्चालन सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको थियो ।

