मधेस प्रदेशमा पनि गल्फ मैदान बन्यो

मधेस प्रदेशमा पनि गल्फ मैदान बन्यो


  • 4.2K
    SHARES
    • आश्विन ५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.4K Views

    मधेस प्रदेशमा पनि गल्फ मैदान बन्यो

    महोत्तरी, ५ असोज ।  मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । 

    images

    बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा  निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो । त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए । 

    उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।  प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले  पदक प्रदान गर्नुभएको थियो ।


    तेस्रो आँखा