मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


  • 4.5K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.9K Views

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    काठमाडौं, २ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

    साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।

    प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।


    तेस्रो आँखा