• ट्रेण्डिङ्ग :
जोडिएको ७ महिनामै तोडिने अवस्थामा सत्ता गठबन्धन 

जोडिएको ७ महिनामै तोडिने अवस्थामा सत्ता गठबन्धन 


  • 9.2K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    जोडिएको ७ महिनामै तोडिने अवस्थामा सत्ता गठबन्धन 

    काठमाडाैं,१३ फागुन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सम्झौताको विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन तोडिने अवस्थामा पुगेको छ । संसदमा टेबल भएको एमसीसी परियोजना पारित गर्ने र गर्न नहुँने भन्ने मत विभाजनका कारण सत्ता गठबन्धन तोडिने अवस्थामा पुगेको हो ।  एमसीसीको मुद्धालाई लिएर नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक संवादमा रहेका छन् । 

    images

    उता  वाम गठबन्धन बनाउनका लागि प्रचण्ड लागिपरेको देखिन्छ । प्रचण्डले ओलीसँग लामो समयपछि  भेट गरेका छन् । उनी शेरबहादुरसँग मिलेर गल्ती गरेको स्वीकार गर्दै ओलीसामु झुकेका छन् ।  ओली यही अवस्थामा प्रचण्डको कुरा सुन्ने पक्षमा नदेखिएको श्रोतको भनाइ छ । तर पनि प्रचण्ड देउवा ओली मिल्ने डरले अत्तालिएका छन् । अहिले एमालेलाई कांग्रेससँग लोकतान्त्रिक वा पुराना सहयात्रीसँग वाम गठबन्धन बनाउने भनेर छान्ने समय आएको छ । प्रचण्ड र केपी ओलीबीच अघिल्लाे वर्षकाे पुसपछि सम्बन्ध टुटेको थियो । त्यस यता शेरबहादुर देउवासँग मिलेर नेकपा माओवादी केन्द्र सरकारमा गएको थियो ।  

    एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयमा पाँच दलीय गठबन्धनभित्र सहमत नभएपछि कांग्रेस र एमालेबीच दुई सातायता सघन वार्ता हुँदै आएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लै समेत छलफल भए । बिहान बानेश्वरस्थित संसद् भवन र साँझ बालुवाटारमा भएका वार्ता सहमति नजिक पुगेको भन्दै नेताहरूले शुक्रबार फेरि बस्ने जनाएका छन् । आगामी निर्वाचन सम्म सत्ता गठबन्धन कायमै राख्ने र एमालेलाई उठ्न नसक्ने बनाउने योजनामा रहेका प्रचण्ड–माधव नेपालले एमसीसीको विषयलाई आन्तरिक मनमुटाव बढाएका छन् ।

    बसेका दलहरु एमसीसीको पक्षमा नआए उनीहरु सरकारमा बसीरहन नैतिक्ताले नदिने कांग्रेसले बताएको छ । सरकारले ल्याएका एजेण्डाको विरुद्धमा लाग्ने र सरकारमा पनि बसीरहनु औचित्य नभएको नेताहरुले बताएका छन् । यस आधारमा वर्तमान गठबन्धन संकटमा परेको छ । नयाँ समिकरणको सम्भावना बढेको सहजै अनुमान गर्न सकिन्छ । 


    जीवन शर्मा
    लेखकबाट थप