मावि तुलसीपुर सेन्टर देशमै उत्कृष्ट भएपछि खुशीयालीमा ऱ्यालि

मावि तुलसीपुर सेन्टर देशमै उत्कृष्ट भएपछि खुशीयालीमा ऱ्यालि


  • 8.8K
    SHARES
    • आश्विन ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 13.6K Views

    मावि तुलसीपुर सेन्टर देशमै उत्कृष्ट भएपछि खुशीयालीमा ऱ्यालि

    तुलसीपुर, ७ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सामुदायिक विद्यालय तर्फ देशमै उत्कृष्ट भएको अवसरमा ऱ्याली निकालेको छ । विद्यालयले सोमबार मदन आश्रित चोकदेखि विरेन्द्र चोक हुँदै (ग) लाइन परिक्रमा गरी ऱ्याली निकालेको हो । 

    images
    WhatsApp Image 2024-09-23 at 12.49.49 PM.jpeg

    सामुदायिक विद्यालयतर्फ देशभरमा उत्कृष्ट नतिजा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्राईले शिक्षा दिवसको अवसरमा नगद तीन लाख रकमसहित मेडल, प्रमाणपत्र, सिल्ड, ध्वजासहित सम्मान गर्नुभएको थियो । समग्र दाङ तथा शिक्षा क्षेत्रको गौरबको विषय रहेकाले ऱ्याली निकालेर गरी खुशी मनाएको  विद्यालयले जनाएको छ । 

    उक्त ऱ्यालीमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु, विभिन्न जातजातिको पहिरनमा सजिएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु,  शिक्षक, शिक्षिका, अभिभावक बाजागाजासहित सहभागी भएका थिए । 

    WhatsApp Image 2024-09-23 at 12.49.48 PM.jpeg

    ऱ्याली पश्चात विद्यालयमा एक औपचारिक कायक्रम मार्फत कार्यक्रमबारे जानकारी गराइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखन्तराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक भागवत पौडलले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । उहाँले विद्यालय यो स्थानसम्म पुग्नुमा सम्पुर्ण शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि लगायत सबैको साथ रहेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।  

    WhatsApp Image 2024-09-23 at 12.49.48 PM (1).jpeg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा उपमेयर स्यानी चौधरीले विद्यालय देशमै उत्कृष्ट हुनुमा तुलसीपुर र समग्र दाङको गौरव भएको बताउँदै विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस्तै उहाँले कोही र केही नभएका बालवालिकाहरुलाई शिक्षा क्षेत्रबाट बन्चित गर्न नहुने बनाउनु भयो । विद्यालयको प्रगति र पाएको सम्मानमा खुसी व्यक्त गर्दै विद्यालयको भौतिक व्यवस्थापन र अन्य विषयमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । 

    त्यस्तैगरी तुलसीपुर वडा ६ का वडाध्यक्ष दुजमान भण्डारी, वाल विशेषज्ञ डा। किशोर खत्रीलगायनकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गर्नुनभएको थियो ।


    तेस्रो आँखा