• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाँई हाजिर

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाँई हाजिर


  • 3.8K
    SHARES
    • आश्विन ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाँई हाजिर

    काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरोज गुरागाँई नियुक्ति  हुनुभएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएपछि उहाको ठाउँमा सोमबार गुरागाँई हाजिरहुनुभएको हो ।

    images

    गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए ।

    नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नेतृत्वको प्रतिष्ठा तथा ओजले बृद्धि भएको काठमाडौँको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्नेमा जोड दिनुभयो।

    निवर्तमान प्रमुख प्रशासकीय अधिकृत परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।


    तेस्रो आँखा