• ट्रेण्डिङ्ग :
एमसीसीका विषयमा पार्टीको धारणा तय गर्न जसपाकाे बैठक

एमसीसीका विषयमा पार्टीको धारणा तय गर्न जसपाकाे बैठक


  • 9.6K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    एमसीसीका विषयमा पार्टीको धारणा तय गर्न जसपाकाे बैठक

    काठमाडाैं,१३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ ।

    images

    एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

    जसपाका प्रमुख सचेतक प्रमोद साहका अनुसार पार्टीले एमसीसीका विषयमा एउटै निर्णय लिने बताए । ‘जे निर्णय लिए पनि एउटै निर्णय लिन्छौं’ उनले भने । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक छ । त्योभन्दा अगावै पार्टीको धारणा तय गर्ने नेताहरुले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • तेस्रो आँखा
    लेखकबाट थप