• ट्रेण्डिङ्ग :
मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


  • 8.3K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 12.8K Views

    मोटरसाइकलको  ठक्करबाट पैदल यात्रुको मृत्यु

    रोल्पा, ९ असोज। रोल्पामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । सुनिलस्मृति गाँउपालिका- २ खुंग्री स्थित भालुवाङ लिवाङ सडकखण्डमा सुलिचौरदेखि किमिचौरतर्फ जाँदै गरेको लु ४० प २३४६ नम्बरको मोटरसाइकलले सुनिलस्मृति गाँउपालिका- २ धारापानीका ८४ वर्षीय रुद्र गिरीलाई ठक्कर दिएको रोल्पा प्रहरीका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो।  

    images

    मोटरसाइकलको ठक्करले टाउकोमा गहिरो चोट लागि घाईते भएका निजलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषण गरेका थिए।

    मोटरसाइकल चालक प्युठानको स्वर्गद्वारी नगरपालिका- ३ किमिचौर बस्ने २० वर्षीय बिशाल पुन रहेका प्रहरी जनाएको छ । 

    प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना बुधबार साढे ७ बजेको समयमा भएको बताइएको छ ।


    भरत विश्वकर्मा
    लेखकबाट थप