चितवन, ११ असोज । आज (शुक्रवार) राति नारायणगढ(मुग्लिन सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारीसाधन चलाउन नदिने निर्णय गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रवार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन दिइने छैन । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।
नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने उहाले जानकारी दिनुभयो ।
