काठमाडौं, १२ असोज । ललितपुरको नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएक छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हो ।
खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो ।
बाढीले बगाउँदा दुई पुरुष, एक महिला र एक बालक हराइरहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
