• ट्रेण्डिङ्ग :
ओलीलाई देउवाको प्रस्ताव : 'एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं' 

ओलीलाई देउवाको प्रस्ताव : 'एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं' 


  • 6.4K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ओलीलाई देउवाको प्रस्ताव : 'एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं' 

    काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गर्न प्रस्ताव राखेका छन् । 

    images

    शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको प्रधानमन्त्री देउवा र ओलीबीच भएकाे भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका हुन् । 

    बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सुरु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए । 

    'प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छु बैठकबारे जानकारी दिँदै उनले भने, 'हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नु भयो।'

    ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताकालागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए । 'धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ ।'

    ओलीले संसद प्रवेको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए । कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी  रहेको बताए । 


    तेस्रो आँखा