• ट्रेण्डिङ्ग :
झ्याप्लेखोलामा थप ३ जनाको शव फेला

झ्याप्लेखोलामा थप ३ जनाको शव फेला


  • 2.4K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.7K Views

    झ्याप्लेखोलामा थप ३ जनाको शव फेला

    काठमाण्डौं १३ असोज । धादिङको झ्याप्ले खोलामा थप ३ जनाको शव फेला परेको छ । ति शव गोरखाबाट आएको बसका यात्रु हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    images

    शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि हिंडेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन छ । झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस पनि फेला परेको हो ।

    त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ । तर पुष्टि गर्न बाँकी छ । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा