• ट्रेण्डिङ्ग :
अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीको सपना

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीको सपना


  • 5.0K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.7K Views

    अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीको सपना

    काठमाडौं, १४ असोज । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् ।

    images


    बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं जादैँ थिए ।

    आमा सीताको चाहना थियो, छोरा दीपेश र छोरी दीपिका एस्ट्रोनोमी ओलम्पियाड विजेता बनून् । आमाकै चाहनालाई दीपेश र दीपिकाले आफ्नो सपना बनाएका थिए । तर, आमाको चाहना र छोराछोरीको सपना एकसाथ काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा अस्ताएको छ ।

    तर, बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढेका उनीहरू काठमाडौं पुगेनन् । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर उनीहरुसहित आमा सीताले पनि ज्यान गुमाएका छन् । उनीहरू चढेको गाडीका चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।


    तेस्रो आँखा