विराटनगर १४ फागुन । मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना वृद्ध पुरुषलाई पक्राउ गरेको छ। बालिकाको हत्या गत बुधबार साँँझ भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। उनका अनुसार हत्यामा संलग्न लेटाङ-८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ।
विद्यालयबाट घर फर्किने क्रममा बाटोमा एक्लै भेटिएकी बालिकालाई गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेको र ढुंगाले हानेर हत्या गरेपछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुंगाले छोपिदिएकाे अवस्थामा थियाे ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार साँझदेखि हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा खोँचभित्र ढुंगाले छोपेको अवस्थामा शुक्रबार बिहान उनको पूर्ण नग्न शव भेटिएको हो।
