• ट्रेण्डिङ्ग :
जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी

जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी


  • 3.2K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.9K Views

    जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी

    सिन्धुपाल्चोक, १४ असोज । सिन्धुपाल्चोकको  जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । 

    images

    शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना सम्पर्कविहीन भएको वडाध्यक्ष लक्ष्मण लामा दोङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा सम्पर्कमा छैनन् । 

    वडाध्यक्षका अनुसार स्थानीयले हेर्दा तेम्बाथाङ अगाडि र तेगा नजिकै पनि पहिरो गएको देखिएको जानकारी प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले हेलिकप्टरमार्फत उक्त स्थान निरीक्षण गर्नुभएको छ । तेगा  पहिरोपीडितका लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ ।


    तेस्रो आँखा