• ट्रेण्डिङ्ग :
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते


  • 2.7K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

    नुवाकोट, १४ असोज । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुग्नुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं। माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । 

    प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । 


    तेस्रो आँखा