• ट्रेण्डिङ्ग :
जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड


  • 2.4K
    SHARES
    • आश्विन १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.7K Views

    जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड

    काठमाडौँ, १५ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्रमा प्रभावित भएको बताउनुभएको छ । साथै उहाँले जलवायु परिवर्तनका असर घटाउन प्रविधि हस्तान्तरणमा जोड दिनुभएको छ । 

    images

    अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज आयोजना गरेको अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामनामा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 
     
    देशको  पहाडी  पारस्थितिक प्रणालीको समृद्ध विविधताले लाखौँको जीविकोपार्जनलाई सहयोग पु¥याएको चर्चा गर्दै मन्त्री अधिकारीले साना तथा सीमान्त किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो । नेपालका विविध कृषि–जलवायु क्षेत्र, समृद्ध पारिस्थितिक क्षेत्र र कृषि जैविक विविधताले खाद्य र पोषण सुरक्षा, कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउन अपार सम्भावना प्रदान गरे पनि दबाबपूर्ण चुनौतीको सामना गर्नुपरिरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । 
     
    जलवायु परिवर्तनबाट परेको प्रभावको सामना गर्न  सरकारले प्रकृतिमैत्री,सरल, दिगो समाधानका उपाय अपनाउन सङ्कल्प गरेको भन्दै मन्त्री अधिकारीले  कृषि प्रणालीमा प्रारम्भिक चेतावनी प्रणालीको विकास गरी कार्यान्वयन गर्न  मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो । जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न उहाँले जोड दिनुभएको इसिमोडले जनाएको छ ।


    तेस्रो आँखा