दंगीशरण, १६ असोज । सिद्धपृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँले छात्रवृत्ति तथा पुरस्कार बितरण कार्यक्रम गरेको छ । विद्यालयले नियमनाथ पार्वती योगी स्मृती अक्षयकोष र टिका बहादुर डाँगी स्मृती अक्षयकोषबाट ४ जना बिद्यार्थीलाई नगद प्रमाणपत्र र पुरस्कार सहित बितरण गरेको हो ।
नियमनाथ पार्वती योगी स्मृती अक्षयकोषमा ५० हजारको अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजबाट २ जना बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई पुरस्कृत गरिएको हो । यस्तै टिका बहादुर डाँगी स्मृति छात्रवृत्ति अन्तर्गत १ लाख ८१ हजारको अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजबाट कक्षा २ र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने २ जना बिद्यार्थीलाई नगद, प्रमाणपत्र र पुरस्कारसहित सम्मान गरिएको हो ।
छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक देवकोटाको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य तथा दंगीशरण गाउँपालिकाका शिक्षाशाखा प्रमुख बिनोद अधिकारीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामुदायिक विधालयको शैक्षिक सुधारको लागि आफुले कुनै पनि कुराको कमि हुन नदिने गिरीले बताए । पछिल्लो समय आफुले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको अवधारणा अगाडि बढाएकाले कुनै कुराको कमिले गर्दा शिक्षाको गुणस्तरमा कमि आउन नदिने बताए । शिक्षकहरु र विद्यालय प्रशासनले विद्यालयप्रति सक्रियताका साथ चासो देखाए मात्र पनि संस्थागत बिधालयसरह सामुदायिक बिधालय पनि सफल हुने बताए ।
विधालयका प्रधानाध्यापक श्रीधर शर्माले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक गुरुप्रसाद गौतमले गरेका थिए ।
