• ट्रेण्डिङ्ग :
दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने


  • 2.9K
    SHARES
    • आश्विन १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

    काठमाडौँ, १७ असोज । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।
     
    सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।

    images

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।   


    तेस्रो आँखा