काठमाडौँ १७ असोज । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा २५ जना पुरुष, नौं जना महिला र एक बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिए ।
दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा झ्याप्ले खोलामा खसेको पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा चार जना सवार थिए । चितवनबाट काठमाडौं आउँदै गरेको बा।२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए । यसैबिच हालैको बाढी पहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
यी हुन् झ्याप्ले खोला पहिरोमा ज्यान गुमाउनेहरू
१- प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)
२- अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)
३- सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)
४- रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)
५- बोमबहादुर खाम्चा, अर्घाखाँची सि।न।पा–७ (२५ वर्ष)
६- सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)
७- सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)
८- दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
९- दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
१०- जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)
११- प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)
१२- कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)
१३- साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)
१४- पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)
१५- नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)
१६- तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)
१७- नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)
१८- नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)
१९- अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)
२०- सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)
२१- आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)
२२- सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)
२३- जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)
२४- मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)
२५- नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)
२६- मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)
२७- विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)
२८- सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)
२९- इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)
३०- भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)
३१-हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)
३२- लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)
३३- वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)
३४- नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)
३५- लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष)
