बिवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने ४ जना पक्राउ

बिवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने ४ जना पक्राउ


  • 6.0K
    SHARES
    • आश्विन १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.2K Views

    बिवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने ४ जना पक्राउ

    दाङ १८ असोज । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार राती १० बजेको समयमा गढवा गाउँपालिका वडा नं। ५ मंघरस्थित ह्युमपाइप बनाउने खाली घरमा किशोरीलाई बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं। ५ का १९ वर्षीय किरण चौधरी, २१ वर्षीय संदिप चौधरी, १९ वर्षीय धिरज चौधरी र २४ वर्षीय संजित चौधरी रहेका छन् ।

    किरण चौधरीले सोही ठाउँकी १९ वर्षीया किशोरीलाई विवाहा गर्ने प्रलोभन देखाएर उक्त ठाउँमा बोलाएर चारजनाले जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले तेस्रो आँखालाई जानकारी दिनुभयो । करणी गर्ने चारैजनालाई बिहीबार सोही ठाउबाट पक्राउ गरेर थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।  


    तेस्रो आँखा