तुलसीपुर २० असोज । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिको आयोजनामा सम्मान, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष होमराज डाँगीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हुकुमबहादुर बस्नेत, जिल्ला कमिटी सचिव श्याम डाँगी,शिक्षक संगठन केन्द्रीय सदस्य प्रेम वली, जिल्ला अध्यक्ष मीनराज शर्मा लगायतकाले बोल्नु भएको थियो । उपाध्यक्ष प्रेम नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम सञ्चालन सचिव मधु नेपालीले गर्नुभएको थियो ।
