असोज २० दाङ/ गुरुकुल एकेडेमी तुलसीपुरमा कक्षा ६ मा अध्ययनरत शुभम सुनार १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजारमै हुर्किए । यो उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिएनन् । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही १९ सैघा स्थित एक विद्यालय परीसरमा क्लोज क्याम्पमा राखेर पढाईसंगै घरायसी कामको अबस्था गरेपछि उनी घरायसी काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुँदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए । उनले यो काम सिकेर धेरै सफलता हासिल पनि गरे । उनी यो भन्दा अगाडि यसरी आफ्नै जिम्मेवारीमा रहेर केही काम गरेका थिएनन् ।
उनलाई बन्द शिविर भनेको के हो भन्ने समेत थाहा थिएन । विद्यालयले कक्षा ६ का बिद्यार्थीहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेको छ । सोहि अनुरुप कक्षा ६ का विद्यार्थीहरुलाई पनि गत वर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । असोज १७ गतेदेखि २० गतेसम्म गरिएको क्लोज क्याम्प आइतबार समापन गरिएको छ । कक्षा ६ का बिद्यार्थीहरुले आफुलाई आबश्यक पर्ने खानेकुराको जोहो तरकारी केलाउनेदेखि खाना पकाउने र भाडा माझ्ने, लगायतका काम आफै गर्ने गरेका छन, भने चित्र बनाउने, योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने खेल खेल्ने र ग्रामिण भेगमा रहेको गाँउको जिवन शैलि समेत बुझ्ने मौका पाएका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने, कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसी भएका छन । गुरुकुल एकेडेमी तुलसीपुरका शुभम मात्र नभएर गुरुकुल एकेडेमी लमहीका एन्जल केसीको पनि अनुभव उस्तै छ । उनिहरुसंगै गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका गरि ४७ जना बिद्यार्थी क्लोज क्याम्पमा बसेका हुन ।
शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए । त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारिवारिक वातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर समेत मिलेको बताए । यसले विद्यालयमा शैद्धान्तिकसंगै व्यवहारिक ज्ञान दिने गरेको अभिभावकको भनाई छ । घरबाट क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन । बिद्यार्थीहरुसँगै क्षिकहरुले आग्रह गरेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बालबालिका बसालेका थिए । अहिले ति साना बच्चाहरुले ४ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र नभई अभिभावक पनि खुसी भएका छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने, अध्ययन गर्ने क्लोज क्याम्प अफिसर तथा गुरुकुल तुलसीपुरका प्रधानाध्यापक मुकुन्द रिजालले ताउनुभयो । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९ का बिद्यार्थीहरुलाई २०७५ सालदेखि र गत बर्षदेखि कक्षा २ का विद्यार्थीहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ ।
गुरुकुल एकेडेमीका यस्ता फरक शिक्षण सिकाईले बिद्यार्थीको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका घोराहीका प्रधानाध्यापक डा। कृष्णराज डिसीको अध्यक्षता तथा पत्रकारसहित शिक्षक र सुरक्षा कर्मीहरुको उपस्थितिमा भएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका परीक्षा संयोजक विवेक देबकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बन्द शिबिरमा बसेका विद्यार्थीहरुले गरेका थिए । क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ज्ञापन गरेको थियो ।
