अवधी भाषाकाे कृति ‘जीवन वृतान्त’ बिमोचित

अवधी भाषाकाे कृति ‘जीवन वृतान्त’ बिमोचित


  • 3.0K
    SHARES
    • आश्विन २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    अवधी भाषाकाे कृति ‘जीवन वृतान्त’ बिमोचित

    गढवा, २० असोज । अवधि भाषाका जानकार तथा साहित्यकार जगत रामद्वारा लिखित कृति ‘जीवन वृतान्त’ एक कार्यक्रमकोबीच बिमोचना गरिएको छ । लामो समयदेखि शिक्षण पेसामा सक्रिय रहेका यादवको सेवा निबृत्त पछिका समय समाज सेवा तथा साहित्य सृजना गर्दै तयार पारिएको हो । 

    images

    अवधि भाषाको कृति बिमोचन कार्यक्रमका देउखुरी साहित्य मन्चका अध्यक्ष हरी पोख्रेलको सभाध्यक्षता र पुर्व माननीय एवं साहित्यकार एक राज शर्माको प्रमुख आथित्यमा कृति बिमोचन गरिएको थियो ।

    ‘जीवन वृतान्त’ कृतिका बिमोचन समारोहमा बोल्ने बक्ताहरुले यो एक स्रहानीय कार्य भएको बताउदै लुम्बिनी प्रदेश रत्न पदकबाट विभूषित जगतराम यादवको चौथो कृतिसंगै आजैबाट पाचौं कृतिका लागि कलम चलाउन पर्ने कुरामा जोड दिएका थिए ।

    देउखुरी साहित्य मन्चको आयोजना तथा यादव समाज सेवा संघ केन्द्रीय कार्यालय गढवाको सहआयोजनामा गरिएको कार्यक्रममा पुस्तक बिमोचन गर्दै प्रमुख अतिथि शर्माले ‘जीवन वृतान्त’ कृति र कृतिकारको योगदान र साहित्य सेवा प्रतिको जागरुकताको बखान गर्नु गर्दै अवधि भासाको बिकास र उन्नयनको लागि जीवन बृतान्त कृतिले थप योगदान गरेको बताउनु भयो ।

    उहाँले मातृभाषाप्रतिको स्नेह, जिम्मेवारी र मोहको सान्दर्भिकता कहिल्यै बिर्सन नहुने विचार राख्दै यदुवंशीय परम्परा र कृष्णकालीन समाज गौरवशाली भएकोले आफूलाई पिछडिएको समाज ठान्न नहुने बताउनुभयो । देउखुरीमा लामो बसाइलाई सम्झदै शर्माले कृतिकार जगतराम यादवको पुस्तक बिमोचन गर्ने शौभाग्यले पूर्खाको सम्बन्धलाई नवीकरण गर्ने अवसर रुपमा लिएको बताउनु भयो ।

    कृतिको सूक्ष्म विवेचना गर्दै देउखुरी बहुमुखी क्याम्पस लमहीका उपप्रध्यापक हरे कृष्ण ज्ञवालीले कृतिकारको हृदयदेखि सराहना गर्दै अठ्ठार शीर्षकमा रहेको यो कृति अवधी भाषामा लेखिनुका सौन्दर्य पक्षहरुको चर्चा पनि गर्नु भयो । उहाले  कृति अनुसन्धानमूलक, साहित्य पनि संस्कृति पनि घुलित रसपान गर्न मिल्ने  ‘जीवन वृतान्त’ अवध क्षेत्रका लागि धरोहर साबित हुने ओजपूर्ण समीक्षा गर्नु भएको थियो ।

    बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञानज्योति बोर्डिङका प्रिन्सिपल दीपक कुमार यादव, जनज्योति मावि बेलाका का प्रअ केशवराम यादव, समाजसेवी अनुराग यादव, लायन्स क्लब गढवाका उमाकान्त पन्त, शिक्षिकाद्वय रामकुमारी यादव तथा राधा गौतम न्यौपाने, निवृत शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनाल, नागरिक समाज दाङ्का संयोजक निम बहादुर थापा, गढवाका संयोजक खगेश्वर शर्मा, जनता माबि गढवाका प्रधानाध्याक राम सुरत यादव यादव, अवधी संस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादव समेतका बौद्धिक तथा साहित्यक ब्यक्तित्वहरुले कृतिकारको प्रशंसा गर्नु भएको थियो।

    यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दिपेन्द्र होमजुन माबि प्रसेनिका प्रधानाध्यापक केशव राज शर्माले गर्नु भएको थियो ।


    दुख हरण यादव
    लेखकबाट थप