• ट्रेण्डिङ्ग :
जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु


  • 2.6K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    जङगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

    कञ्चनपुर, २२ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जङ्गली हात्तीले आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

    images

    वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा मंगलबार विहान फेलापरेको बताइएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा