श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


  • 3.0K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    तनहुँ, २२ असोज । तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो । 

    images

    सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ । 

    छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा