• ट्रेण्डिङ्ग :
दाङमा श्रीमानकाे खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

दाङमा श्रीमानकाे खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते


  • 4.1K
    SHARES
    • आश्विन २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    दाङमा श्रीमानकाे खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते

    तुलसीपुर २४ असाेज । तुलसीपुर उपमहानगरपालिका वडा १३ दमारगाँउमा श्रीमानकाे खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

    images

    बिहीबार दिउँसो पाैने १२ बजेको दंगीशरण ६ बागर निवासी ५२ वर्षीय  राजकुमार बादीले ससुरालीमा बस्दै आएकी श्रीमती ४० वर्षीया निरा बादीलाई घरायसी विवादमा खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट निराकाे घाँटी, मुख र दुबै हातमा गहिरो गरि काटिएको छ ।

    निराकाे अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि नेपालगन्ज रेफर गरिएको छ । श्रीमतीलाई खुर्पा प्रहारपछि राजकुमारले आफैलाई सोहि हतियार टाउकोमा प्रहार गर्दा टाउकोमा गहिरो चोट अवस्था लागेकाे छ ।

    उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


    तेस्रो आँखा