• ट्रेण्डिङ्ग :
देशका अधिकांश भूभागको मौसम सफा रहने

देशका अधिकांश भूभागको मौसम सफा रहने


  • 3.0K
    SHARES
    • आश्विन २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    देशका अधिकांश भूभागको मौसम सफा रहने

    काठमाडौं, २५ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    images

    महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, आज राति कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज सूर्योदय बिहान ६ बजेर २ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३९ मिनेटमा हुनेछ ।


    तेस्रो आँखा