जुवातास खेलिरहेको अवस्थामा होलेरीको एक होटेलबाट ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा होलेरीको एक होटेलबाट ९ जना पक्राउ


  • 4.0K
    SHARES
    • आश्विन २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.2K Views

    जुवातास खेलिरहेको अवस्थामा होलेरीको एक होटेलबाट ९ जना पक्राउ

    रोल्पा,२५ असोज। रोल्पामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको रुन्टीगढी गाउँपालिका ९ होलेरीमा रहेको एक होटेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

    images

    होलेरीमा रहेको होटेल कोहिनुरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो । उनीहरुको साथबाट ९१ हजार ६ सय १५ रुपैयाँ र ५ गद्दी तास बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

    होटेलमा तास खेलिरहेका सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा १० जनाको टोलि घटना स्थलमा पुगेको थियो । बिहिवार राति ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ पर्नेहरुको विवरण 

    १) जिल्ला रोल्पा रुन्टिगढी गाउँपालिका-७ बस्ने बर्ष ३२ को होम बहादुर यरी

    २)रुन्टिगढी गाउँपालिका-७ बस्ने बर्ष ३० को गिरिराज रावत

    ३) रुन्टिगढी गाउँपालिका-७ बस्ने बर्ष २९ को नरेश रोका 

    ४)रुन्टिगढी गाउँपालिका-७ बस्ने बर्ष २८ को दुर्गा बहादुर पुन 

    ५)रुन्टिगढी गाउँपालिका-६ बस्ने बर्ष २५ को दुर्गा बहादुर पुन 

    ६) रुन्टिगढी गाउँपालिका-६ बस्ने बर्ष २९ को सन्तोष चलाउने 

    ७) रुन्टिगढी गाउँपालिका-६ बस्ने बर्ष ३६ को शंकर बुढा मगर

    ८) रुन्टिगढी गाउँपालिका-९ बस्ने बर्ष ३६ को भेक बहादुर बस्नेत

    ९)रुन्टिगढी गाउँपालिका-९बस्ने बर्ष ४९ को बिर बहादुर पुन

  • सम्बन्धित विषय:

  • # तेस्रोआँखा सम्वाददाता

  • तेस्रो आँखा