काठमाडाैं,१५ फागुन । जनता समामजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले एमसीसी पारित गर्दा देश सत्यानास हुनबाट बच्ने बताएका छन् । राजनीति सम्भावनाको खेल मात्र नभई सत्यनास र अप्रियताको बाटो पनि भएकाले हामीले सत्यनास छाडेर अप्रियता रोज्नु पर्ने उनले बताएका हुन् ।
भट्टराइले भने,‘ राजनीतिलाई सम्भावनाको खेल भनीन्छ,’ तर त्यो मात्रै हैन, सत्यनास र अप्रियताको बाटो पनि हो, हामीले सत्यनास छाडेर अप्रियताको बाटो रोज्नु अहिलेको आवश्क्ता हो ।’
सत्तामा बसेका नेताहरुले जनताबीच झुट बोलेर देशलाई बर्वादीमा पुर्याउने काम गरिरहेको भन्दै भट्टराईले एमसीसीका विषयमा सबैको सहभागिता भएकाले यसको विरोध गर्ने नेताहरुले जनतामा गएर माफी माग्नु पर्ने बताए । देशलाई सत्यानासबाट बचाउनका लागी एमसीसी पारित हुनुपर्नेमा नेता भट्टराइले जोड दिए ।
