• ट्रेण्डिङ्ग :
नदीले बगाएर एकजनाको मृत्यु

नदीले बगाएर एकजनाको मृत्यु


  • 4.0K
    SHARES
    • आश्विन २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    नदीले बगाएर एकजनाको मृत्यु

    तनहुँ, २७ असोज । यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो । 


    तेस्रो आँखा