• ट्रेण्डिङ्ग :
हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु


  • 2.4K
    SHARES
    • आश्विन २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.6K Views

    हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

    बारा, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

    images

    आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्के पछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो । 


    तेस्रो आँखा